लाठी प्रहार गरेर श्रीमानको हत्या, पाँच वर्षपछि बाहिरियो घटना

डिसी नेपाल
१८ माघ २०७९ १८:४४
64
Shares

जाजरकोट। भेरी नगरपालिका-६ की भद्रकला कामीले लाठी प्रहार गरेर पाँच वर्षअघि श्रीमान् ४७ वर्षीय काले कामीको हत्या गरेको पुष्टि भएको छ।

२०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमान‍्को मृत्यु भएको प्रहरीले जनाएको छ।

भद्रकला र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयको सेफ्टि ट्यांकीमा पुरिदिएको प्रहरीले जनाएको छ।

प्रहरीले शव शौचालयमा पुरिएको अवस्थामा भेटाएको जाजकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए।

उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा शव भेटिएको थियो।

कालेको पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल फेला परेको छ।

भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *