मलेसियाका गृहमन्त्री नेपाल आइपुगे
काठमाडौं। नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। उनी आज साँझ काठमाडौँ आइपुगेका हुन्।
भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्।
भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment