माओवादी स्थायी कमिटी बैठक आज पनि, बिभागको भागबन्डा अझै टुंगिएन
काठमाडौं। नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहीबार बिहान स्थगित भएको बैठक पुन: आज बस्ने भएको हो।
समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय बिभागको कार्यबिभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन।
हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज पनि बैठक बोलाइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment