सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख २ हजार रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment