अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध

डिसी नेपाल
१६ फागुन २०७९ ८:०८
120
Shares

लमजुङ। लमजुङमा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिवन्ध लगाइएको छ। बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सोमवार सुचना जारी गरी घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाईन फिभर संक्रमणले छोटो समयमा नै महामारीको रुप लिन सक्ने भएकाले वंगुर ओसारपोसारमा रोक लागएको हो।

उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसारपोसार गर्न प्रतिवन्ध लगाईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए।

यस रोगको संक्रमण बेसीशहर नगरपालिका वडा नं. ६ र ८ मा देखिएको छ। दुवै वडाका विभिन्न फार्ममा पालिकाएका वंगुर मर्न थालेपछि प्रयोगशाला परिक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको पशुचिकित्सक डा.श्रेष्ठले बताए । उनका अनुसार उक्त रोगको संक्रमणबाट हालसम्म ८० वटा बंगुर मरेका छन्।

रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा ओसारमा रोग लगाइएको र स्वाइन फिभर पुष्टि भएका क्षेत्रमा जैविक सुरक्षाका विधिहरु अपनाउन भनिएको पशुचिकित्सक डा. श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *