दुई लघुवित्तको सेयरमा मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
१६ फागुन २०७९ ११:२०
64
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयरमा मूल्य समायोजन भएको छ। सेयरमा मूल्य समायोजन हुनेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको भएको छ।

ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ८९५ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १ हजार ३ रुपैयाँ ५० पैसा रुपैयाँमा भएको थियो।

आदर्श लघुवित्तको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता१ हजार ३७५ रुपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १ हजार ६५० रुपैयाँमा भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.