प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन
काठमाडौँ। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले लाभांश संशोधन गरेको हो।
अव कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर ३.३२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.१७५ प्रतिशत नगद लाभांश दिने भएको छ। गत पुस १८ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र ०.३४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment