२८५ किलो गाँजासहितको गाडी छाडी ड्राईभर फरार

डिसी नेपाल
१६ फागुन २०७९ १९:०९
100
Shares

सुनसरी । करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सवारी चालकको खोजी कार्य जारी छ ।

हरिनगर गाउँपालिका– ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको हो ।

सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सबारी चालक सो गाडी रोक्ने वित्तिकै गाडी छोडेर भागे पछि खोजी कार्य जारी राखिएको हो ।

सशस्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *