बागलुङमा भिरबाट लडेर बालिकाको मृत्यु

डिसी नेपाल
१६ फागुन २०७९ २२:२१
3.7k
Shares

ढोरपाटन। बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ। बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्। शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *