नामकरणका लागि प्रदेश १ सभा बैठक जारी
काठमाडौं । प्रदेशको नामकरण गर्नका लागी प्रदेश १ को प्रदेश सभा बैठक बसिरहेको छ।
उक्त बैठक मा नेकपा (एमाले) ले कोशी नाम प्रस्ताव गरेको छ भने एकिकृत समाजवादी र जसपाले लिम्बुवान किरात सगरमाथा नाम राख्न भन्दै अर्को प्रस्ताव दर्ता गराएको छ।
यसअघि एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले प्रस्ताव दर्ता भएको केही समयपछि समर्थन फिर्ता लिएको निवेदन दिएको छ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment