शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
१७ फागुन २०७९ १७:२८
68
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो। अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *