अन्ततः सभामुख घिमिरे वालुवाटरस्थित आफनै भवनमा बस्ने

डिसी नेपाल
१९ फागुन २०७९ ९:५७
328
Shares

काठमाडौं। सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन्। गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन्।

‘सोमवारको मन्त्रिपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पूरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन्। मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँवाट बाहिर जानेछन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानेछन, त्यो भने निक्यौल भइसकेको छैन।

वालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको वालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा थुनामा गएपछि रिक्त रहँदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने वालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए।

हाल उनी त्यहाँवाट सरे पछि सभामुख घिमिरे वालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमवारको मन्त्रिपरिषद बैठकले निर्णय लिए पछि उनी अब बालुवाटर जानेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *