संसद बिघटन प्रधानमन्त्रीको स्वेच्छाको बिषय होइनः केपी ओली

डिसी नेपाल
२ चैत २०७९ १८:३२
192
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बिघटन प्रधानमन्त्रीको स्वेच्छाको बिषय नभएको बताएका छन्।

बिहीबार काठमाडौंमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानूनका बिद्यार्थीसँग केपी ओली बिषयक कार्यक्रममा बोल्दै ओलीले संविधानले नै प्रधानमन्त्रीलाई संसद बिघटनका लागि बाध्य पारेको भन्दै यो संसद बिघटन प्रधानमन्त्रीको स्वेच्छाको बिषय नभएको बताएका हुन्।

नयाँ सरकार गठनका बिषयमा राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो नलागे प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था गरेको उनको भनाइ छ।

ओलीले संविधान अनुसार देश चल्नुपर्ने भन्दै संविधानमा संसदले नभई अदालतले प्रधानमन्त्री खारेज र गठन गर्ने व्यवस्था नभएको जिकिर धारणा राखे। उनले अहिले पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन नसके कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेसले पनि विश्वासको मत लिन नसके संसद बिघटन हुने जिकिर गरे।

त्यस्तै ओलीले आफुमाथि लागेका सहि आरोपहरुलाई सुधारको रुपमा लिने र निराधार आरोप लगाएर बदनाम गर्ने दुष्प्रयासहरुलाई चकनाचूर पार्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.