नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर)
काठमाडौं। उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो।
निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन्। आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन्। उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन्।







प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment