सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छः विश्वप्रकाश शर्मा

डिसी नेपाल
५ चैत २०७९ २१:४८
28
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी दिएको अभिव्यक्तिप्रति विमति जनाएका छन्।

सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ।

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रप्रतिको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे।

सभामुखले देशको चौथो अङ्गको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजार पटक सोच्नुपर्ने बताउँदै उनले भने, “सभामुखले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ, त्यसप्रति हामी सबैको विमति छ।”

शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले पत्रकार महासङ्घको प्रतिनिधिमण्डललाई ‘पत्रकार बिक्रीमा छन्’ भनी अभिव्यक्ति दिएका थिए।

महामन्त्री शर्माले भने, “झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले)का सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो, तर सभामुख देवराज घिमिरेले पत्रकारका विषयमा गरेको टिप्पणी समाजको सामुन्नेमा गम्भीर ‘नोटिस’ मा रहेको छ।”

सभामुख घिमिरेले दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन लगायतका सङ्घ\संस्थाले विज्ञप्तिमार्फत आपत्तिसमेत जनाउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *