सुदूरपश्चिम प्रदेशमा अखिलको बर्चश्व, ३४ क्याम्पस मध्य १६ मा बिजयी

डिसी नेपाल
६ चैत २०७९ १०:२४
132
Shares

धनगढी। नेकपा एमाले निकट अखिलले सुदूरपश्चिम प्रदेशमा आधा भन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ।

आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये अखिलले १६ क्याम्पसमा जीत हासिल गर्दै बर्चश्व कायम गरेकाे हाे।

अखिलका महासचिव नरेश रोकायाका अनुसार सुदुरपश्चिममा अखिलले १६, नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो।

उनका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.