जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ।
बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। बैठक वालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
मुख्यतः बारा-२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन्।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ। सो बारेमा पनि छलफल हुने बताईएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment