बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिने

डिसी नेपाल
८ चैत २०७९ ६:५२
116
Shares

काठमाडौं। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिँदै छन्।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ।

यसअघि सरकारमा सहभागि राप्रपाले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो।

पूरानै सत्ता गठबन्धन ब्यूँतिएपछि केन्द्रमा फेरिएको समीकरण अनुसार नै प्रदेशमा पनि फेरबदल हुन लागेको हो। तर केन्द्रमा सरकारबाट बाहिरिएको एमाले हालसम्म पनि प्रदेश सरकारबाट नबाहिरिँदा पछि गठबन्धनका दलहरु सरकारमा जान अलमलिएका छन्।

एमालेले सरकार छोडे मन्त्रिपरिषद् विस्तारका लागि बाटो फुकुवा हुने माओवादीकाे बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.