सत्तारुढ दलको बैठकमा मन्त्रालय विस्तारबारे छलफल

डिसी नेपाल
८ चैत २०७९ २१:११

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ ४ दलको बैठकमा मन्त्रालय विस्तारबारे  छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको हो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको र कुन पार्टीले कति मन्त्रालय पाउने विषयमा भने टुंगो नभइसकेको बताए । आवश्यकताअनुसार अर्को बैठक बसेर बाँकी कुराको छलफल हुने उनले बताए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *