आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहीद घोषणा माग गर्दै माइतिघर प्रदर्शन

डिसी नेपाल
१० चैत २०७९ १८:१२
300
Shares

काठमाडौं। कोशी प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनमा घाइते भइ बिहीबार राती मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने भन्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ।

किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने, लिम्बुको हत्यारालाई कारवाही गर्नुपर्ने लगाएका माग राखेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको बिहीबार राति निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.