यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ चैत २०७९ ८:३४
604
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०१ पैसामा कारोबार भइरहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ १५ पैसा र विक्रीमा १० रुपैयाँ २० पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.