१९ चैतदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

डिसी नेपाल
१२ चैत २०७९ ९:२४
344
Shares

काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको १४ लाख ४९ हजार ४ सय कित्ता आईपीओ चैत १९ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले उक्त आईपीओ सर्बसाधारणको लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमध्ये  ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

यस आईपीओ लगानीकर्ताले चैत्र २२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा लगानीकर्ताले वैशाख ३ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.