मिसन ग्रासरुट : पोखरामा विभिन्न कार्यक्रमको आयोजना
कास्की। नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत नेकपा एमाले पोखरा महानगरपालिका-९ को आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा एमाले नेता एवं सांसद दामोदर पौडेलले पार्टी सुदृढिकरण विस्तारका लागि महत्वपूर्ण हुने बताए। उनले देशको प्रमुख र राष्ट्रवादी शक्ति एमालेलाई निषेध गरेर अगाडि बढ्न खोजिएको भन्दै एमाले विना मुलुकको समस्याले निकास नपाउने दाबी गरे।

सो अवसरमा प्रदेश कमिटी कार्यालय सचिव माधव बास्तोला, प्रदेश कमिटी सचिवालय सदस्य दीपक पौडेल प्रदेश कमिटी सदस्य सञ्जीवबहादुर कोइराला, उमानाथ गौतम, जिल्ला कमिटी सदस्य, महानगर कमिटी सदस्य तथा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
यसैबीच मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार एमाले वडा कमिटी–७ ले आयोजनामा पोखरा–७ घारिपाटनमा जेष्ठ कम्युनिष्ट सम्मान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। सो अवसरमा पार्टी गतिविधिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयो गर्ने वडा नम्बर ७ का ८९ जनालाई सम्मान गरिएको थियो।
सो अवसरमा एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मायानाथ अधिकारीले वर्तमान समसामिक राजनीति र आगामी कार्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए।

प्रदेश कमिटी सचिवालय सदस्य दिलिप विक्रम शाहीले संगठन व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए भने महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले ग्रासरुट अभियानको उद्देश्यका विषयमा प्रकाश पारेका थिए।







डिसी नेपाल







Facebook Comment