आजबाट नेपाली सेना र अमेरिकी सेनाको संयुक्त बैठक काठमाडाैं
फाइल फाेटाे।
काठमाडौं। नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ।
हरेक बर्ष हुँदै आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।
नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ।
नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाकाे नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन्। जसकाे कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment