उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
१३ चैत २०७९ ९:४२

काठमाडौँ। बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो। बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेकाे उपनिर्वाचनको उम्मेदवारलगायतका बिषयमा छलफल हुनेछ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *