प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो

डिसी नेपाल
१३ चैत २०७९ ११:२१

काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको छ। नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ।

यससँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये हाईडोपावर कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *