बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता, सरकारलाई चाँडो पूर्णता दिने सहमति

डिसी नेपाल
१३ चैत २०७९ ११:३१
212
Shares

काठमाडौं। सरकारलाई पूर्णता लिन सकस परिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच सरकारलाई पूर्णता दिने विषयमा गम्भीर छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्डले सोमबार सरकारलाई पूर्णता दिने बताएका थिए। तर दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेका कारण आज सरकार विस्तार नहुने भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा र अध्यक्ष नेपाल वालुवाटार पुगेका थिए।

उनीहरुबीच करिव एक घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो छलफलमा मंगलबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.