मिसन ग्रासरुट अभियान : पोखरा महानगरपालिकामा धमाधम कार्यक्रम

डिसी नेपाल
१४ चैत २०७९ ११:३९
56
Shares

कास्की। नेकपा एमालेको अभियान मिसन ग्रासरुट (पार्टी सुदृढीकरण अभियान) अन्तर्गत पोखरा महानगरपालिकाका ३३ वटौ वडामा कार्यक्रम भइरहेकाे छ।

कार्यक्रममा पार्टी संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संगठन सुदृढीकरण अभियानमा जनप्रतिनिधिले पार्टी संगठन निर्माण र नागरिकको अभिमतलाई खेर जान नदिने गरी सेवकको रुपमा काम गर्नुपर्ने बताए।

यो अभियान अन्तर्गत पार्टी नेता कार्यकर्ता टोल र गाउँमा पुगेर जनअभिमत बुझ्ने र पार्टीको संगठन सुदृढीकरण गर्ने काम भएको थियो। पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला सहइन्चार्ज मायानाथ अधिकारीले यस्ता कार्यक्रममा पार्टी र जनताबीच सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले राष्ट्रवादी पार्टीको छवि बनाएको एमालेमाथि चौतर्फी रुपमा प्रहार भइरहे पनि जनताले अत्याधिक माया गरेको भन्दै एमाले नै मुलुकको सच्चा क्रान्तिकारी र राष्ट्रवादी पार्टी भएको बताए।

मुलुकको समस्या समाधान गर्ने सवालमा एमाले सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै अधिकारीले मिसन ग्रासरुट अभियानले पार्टीको संगठन सदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङ, महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेलगायतले आफ्नो धारणा राखेको महानगर कमिटी स्थायी कमिटी सदस्य लक्ष्मी अधिकारीले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.