एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

डिसी नेपाल
१४ चैत २०७९ १२:०८
128
Shares

काठमाडौं। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ गठबन्धन आवद्ध दल एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ।

मंगलबार मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाइएको हो।

यसअघि बिहान एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला सहभागी थिए।

प्रधानमन्त्रीसँगको भेटपछि बोलाइएको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा आवश्यक निर्णय लिइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.