नेकपा एसकोे तीनवटा मन्त्रालयमा दाबी

डिसी नेपाल
१४ चैत २०७९ १६:५५
264
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दावी गरेको बताएका छन्।

मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले संघीय संसदमा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सीट माग गरिएको बताएका हुन्।

उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरुको भूमिकाका आधारमा मन्त्रीमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे। उनले सरकारको पाँच बर्षे नीति कार्यक्रमको योजना बनाएरमात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे।

त्यस्तै खनालले मिटरब्याज पीडितहरुको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताए। उनले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.