गठबन्धनको बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीले पेश गरे न्यूनतम साझा कार्यक्रमको मस्यौदा

डिसी नेपाल
१४ चैत २०७९ १९:३१
400
Shares

काठमाडौं। मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक विनानिष्कर्ष टुङ्गीएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालय बाँडफाँटका बिषयमा दलहरुबीच सहमति जुट्न नसकेको हो।

बैठकमा आफुहरुले पाउने मन्त्रालयका बिषयमा दलहरु आ–आफ्नै अडान प्रस्तुत गरेका थिए। बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र त्यसमाथि बुधबार थप छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

उनले सरकारलाई छिटो पूर्णता दिने बिषयमा छलफल भएपनि ठोस निष्कर्ष निस्कन नसकेको जानकारी दिए। लेखकले दलहरुबीच विवाद नरहेको र छिटै सरकार विस्तार हुने दावी गरे।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगाएतका नेताहरुको उपस्थीति रहेको थियो।

भोलि बिहान ९ बजे अर्को बैठक बस्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.