चार एआईजीको पदस्थापन : प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राई, सीआईबीमा बज्राचार्य
काठमाडौं। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरेको छ। मंगलबारको बसेको मन्त्रिपरिषद बैठकले केही दिन अघि बढुवा भएका चार एआईजीहरुको पदस्थापन गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी श्यामलाल ज्ञवालीलाई पदस्थापन भएको छ। त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा किरण बज्राचार्यलाई पठाइएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा टेकप्रसाद राईको पदस्थापन गरिएको छ। प्रहरी हेडक्वाटरमै रहेको प्रशासन विभागमा भने एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ।
यसअघि कोशी प्रदेशमा एसएसपी राजेशनाथ बास्तोलालाई पठाइएको थियो भने गण्डकीमा एसएसपी उमेश जोशी र सुदूरपश्चिममा भरत बोहोरालाई पठाइएको थियो। बास्तोला, जोशी र बोहोराले सम्हालेको प्रदेशमा डिआइजीको दरवन्दी हो।
उनीहरु तीन जना नै डिआइजी बढुवाका प्रतिस्पर्धी हुन्। यसअघि मधेश प्रदेशमा डिआइजी किरण राणा र बाग्मती प्रदेशमा दुर्गा सिंहलाई पठाइएको थियो। गण्डकीमा बुद्धि गुरुङ यथावत रहेका छन्।







डिसी नेपाल







Facebook Comment