बालेनलाई जवाफ दिँदै प्रचण्डले भने- याे सरकार ५ वर्ष टिक्छ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन्। बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’
मेयर साहले भनेका थिए, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ। तर, उहाँहरूको सरकार टिक्दैन। यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ। म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले याे सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका हुन्।







डिसी नेपाल







Facebook Comment