तीन मन्त्रालय नपाए नेकपा एस सरकारमा नजाने, प्रधानमन्त्रीको जवाफ कुर्दै

डिसी नेपाल
१५ चैत २०७९ १६:१७
644
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले तीनवटा मन्त्रालयमा पार्टीको अडान रहेको भन्दै मन्त्रालयको निश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो।

बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालयको अडानका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको र प्रधानमन्त्रीको जवाफ पर्खिएको बताए।

उनले प्रधानमन्त्रीको जवाफ आउने बितिकै पार्टीका तर्फबाट नाम पठाउने जानकारी दिए। उनले तीन मन्त्रालय नदिएसम्म सरकारमा सहभागी हुनेको नाम नखुलाउने र सरकारमा पनि नजाने स्पष्ट पारे।

खतिवडाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख निर्वाचनमा पार्टीले धेरै त्याग गरेको र आफुहरुलाई पनि सरकारमा सम्मानजनक हैसियतमा सहभागी गराउनुपर्ने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.