कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री छान्ने अधिकार प्रत्योजन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए।क कांग्रेसकाे भागमा ८ वटा मन्त्रालय परेकाे छ।
बैठकले तनहुँ-१ मा हुने उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। बैठकले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा महतले जानकारी दिए।
चितवन निर्वाचन क्षेत्र नंवर २ मा पार्टीका पूर्व चितवन सभापति जित नारायण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ। त्यस्तै बारा २ को उम्मेदवार चयनका लागि फेरि छलफलका भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर फेरि निर्णय लिने प्रवक्ता महतले बताए।
बैठकले मिटरव्याजी पीडितहरुको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मिटरव्याजीको समस्यामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।







डिसी नेपाल








Facebook Comment