सूर्योदय वोमी लघुवित्तको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२१ चैत २०७९ ९:५८
100
Shares

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी डोलेन्द्र पौडेल, बालकृष्ण विश्वकर्मा र कृष्णबहादुर बी.के.को नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।

संस्थापक सेयरधनीहरु डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्णबहादुर बी.के.को ८ हजार ५०३ कित्ता र लेखनाथ खनियाको ३९ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

संस्थाको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। खरिद आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा गएर खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *