सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी केशव घिमिरेको इजलासमा
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो। यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए।
यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment