भक्तपुरमा आजवाट बिस्केट जात्रा सुरु, नौ दिनसम्म चल्ने

डिसी नेपाल
२७ चैत २०७९ ८:२५
380
Shares

भक्तपुर। भक्तपुरको बिस्केट (बिस्काः) जात्रा आज साँझबाट सुरु हुँदैछ। आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो। जिब्रो छेडने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ।

सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रेको छ। जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ।

साे रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ। टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *