दुई डीआईजीको काज सरुवा, ट्राफिक महाशाखा प्रमुखमा पोखरेल

डिसी नेपाल
२८ चैत २०७९ २१:२४
25.0k
Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको काज सरुवा गरेको छ।

मंगलबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो।

प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ। त्यहाँ कार्यरत मीरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुखविहीन भएको थियो।

यस्तै डीआईजी जोशीलाई विशेष ब्यूरोमा सरुवा गरिएको छ। ब्यूरोमा कार्यरत सुदीप गिरी एआईजीमा बढुवा भएपछि ब्यूरो रिक्त थियो। जोशी यसअघि अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *