भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

डिसी नेपाल
१० भदौ २०८३ १६:१३

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिएका छन्।

बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए।

उनले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन हुनुपर्ने बताए।

सभामुख अर्यालले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समन्वय गर्न निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजलाई समेत आग्रह गरे।

विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिसभाको बुधबारको बैठकमा तय भएका सम्पूर्ण कार्यसूची हटाइएको उनले जानकारी दिए।

‘राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ,’ सभामुख अर्यालले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *