सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीनजना बेपत्ता

डिसी नेपाल
२९ चैत २०७९ १६:५९
348
Shares

काठमाडौं। सगरमाथा आरोहणका क्रममा बुधबार बिहान हिमपहिरोमा परेर तीनजना बेपत्ता भएका छन।

बेस क्याम्पबाट क्याम्प वानको बीचमा पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको बेपत्ता भएका हुन्।

उनीहरुको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि हिउँ पहिरोबाट निकाल्न नसकिएको सगरमाथा आधार शिविरबाट उद्धारकर्ता लाक्पा शेर्पाले जानकारी दिए।

क्याम्प वानतर्फ जानेक्रममा एक्कासि हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि निकाल्न नसकिएको उनले जानकारी दिए। इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रूपमा सगरमाथातर्फ हिँडेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *