सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु

डिसी नेपाल
३० चैत २०७९ ६:१६
212
Shares

काठमाडौं। सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु भएको छ।

खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए।

सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा भएको उक्त घटनामा परि मृत्यु हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । ईमाजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणको क्रममा गाईडको रुपमा हिँडेका शेर्पाहरुको बुधबार मृत्यु भएको हो।

विहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोचमा पुरिएको छ। मृतकको उद्धारका लागि एसपिसिसिको टोली गएपनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको एसपसिसिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *