प्रदर्शनमा उत्रिएका द्वन्द्व पीडित प्रहरी नियन्त्रणमा
काठमाडाैं। विभिन्न माग राख्दै काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्व पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
संक्रमणकालीन न्यायसंग सम्बन्धित विधेयकमा पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनमा उत्रिएका द्वन्द्व पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीका साथै पीडकलाई उचित सजायको व्यवस्थासहित संक्रमणकालीन न्याय सम्बन्धी कानून अघि बढाउनुपर्ने भन्दै द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले प्रदर्शन गरेको थियो।
उनीहरुले द्वन्द्वका बेला वेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन्।







डिसी नेपाल







Facebook Comment