राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

डिसी नेपाल
५ वैशाख २०८० १८:३३
1.9k
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना भएका छन्।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार, राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो।

सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उनी निरन्तर चिकित्सकको निगरानीमा छन्। उनीको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *