सरकारले पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

डिसी नेपाल
१२ वैशाख २०८० १३:१८
80
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको गर्न बाँकी पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

मंगलबार १२ वैशाख २०७२ सालमा गएको भूकम्पको आठ वर्ष पूरा भएको छ। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गर्न बाँकी पुनर्निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन्।

‘पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *