उपनिर्वाचनपछि परिक्षाको घडी सुरु भयो, सबैले पार्टीभित्र समिक्षा गर्नुपर्छः माधव नेपाल

डिसी नेपाल
१२ वैशाख २०८० १७:३३
696
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको परिणामका बिषयमा सबैले पार्टीभित्र समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।

मंगलबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनका जनताको झुकावहरु किन परिवर्तन भइरहेको भनेर विश्लेषण गरेर आफुमा भएको कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

घटनाक्रममा बिषयमा गम्भीर नभए र कमी कमजोरी सुधार गर्न नसके जनताले विश्वास गर्न नसक्ने उनले बताए। अध्यक्ष नेपालले निर्वाचनपछि सबैको परिक्षाको घडी सुरु भएको भन्दै पटक पटकको परिक्षा उतिर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने जिकिर गरे।

त्यस्तै नेकपा एमालेका सांसद योगेश भट्टराईले उपनिर्वाचनमा जनताले दिएको मतलाई सम्मान गर्ने बताए। रास्वपा कुनै विद्रोही पार्टी नभई संवैधानिक व्यवस्था मानेर गठन भएको पार्टी भएकाले विद्रोही पार्टीले जित्यो भन्ने परिभाषा गलत हुने उनले बताए।

उनले संविधान र व्यवस्था मानेर कुनै दल आउछ भने निषेध नभइ स्वागत गर्नुपर्ने धारणा राखे। भट्टराईले कुनै पनि दलको परिणामले अर्को दललाई सकारात्मक प्रभाव पार्ने भएकाले ठूला दलका सन्दर्भमा रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउने अर्थमा लिनुपर्ने पनि बताए।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले उपनिर्वाचनको परिणामका बिषयमा पार्टीभित्र गम्भीर छलफल गरेर सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसप्रति जनताको गरेको विश्वासलाई कम हुन नदिन गम्भीर भएर अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गरे।

खतिवडाले तनहुमा कांग्रेसले जित्ने अपेक्षा गरिएपछि त्यसो हुन नसकेको भएपनि जनताको निर्णयलाइ आत्मसाथ गरेरै अघि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.