लुम्बिनीमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान

डिसी नेपाल
१२ वैशाख २०८० २०:२५
484
Shares

लुम्बिनी। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलबार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

लुम्बिनीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकारले प्रदेश सभाबाट सोमबार विश्वासको मत गुमाएको थिय । त्यसपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका थिए।

प्रदेश प्रमुखले संविधानको १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकाले लुम्बिनी प्रदेशमा अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ५३ जना सांसदको हस्ताक्षरसहित एक महिनाअघि नै नयाँ सरकार गठनका लागि दाबी गरेका थिए। अहिले समीकरण परिवर्तन नभएकाले बैशाख १४ गते बिहीबार चौधरीकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.