प्रतिनिधिसभा बैठक बस्दै, संबैधानिक परिषद सबन्धी बिधेयक पारित गर्ने कार्यसूची

डिसी नेपाल
१३ वैशाख २०८० ६:२३
80
Shares

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ। जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिधेयक आजै पारित गरिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथिको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

संघीय संसद सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *