बढुवा भएका ११ डिआइजीहरुको पदस्थापन, सीआइबीमा यज्ञ बिनोद पोखरेल

डिसी नेपाल
१३ वैशाख २०८० १२:१३
16.4k
Shares

काठमाडौं । प्रहरी प्रधानकार्यालयले हालै बढुवा भएका डिआइजीहरुको पदस्थापन गरेको छ। प्रहरीको एसएसपीबाट डिआइजीमा बढुवा भएका ११ जनालाई प्रहरी प्रधानकार्यालयले पदस्थापन गरेको हो ।

जसअनुसार बिष्णु कुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरत बहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, रबिन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदस्थापन गरिएको छ ।

यस्तै चन्द्र कुबेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौ, जनक भट्टराईलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा, लालमणि आचार्यलाई काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्र प्रसाद मैनाली नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय, अर्जुन चन्द ठकुरीलाई साइबर ब्यूरो काठमाडौ, यज्ञ बिनोद पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)महाराजगंजमा र बिकाश राज खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा पदस्थापन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *