सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

डिसी नेपाल
१३ वैशाख २०८० १४:११
136
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन्।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै  अन्त्य गर्ने विषयमा छलफल भएको हो।

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *